संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमानदार नेता गुमाएको उल्लेख गरे।

‘२०६२-६३ को जनआन्दोलनपछि पुनः स्थापित संसद्मा सभामुख र  पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छु, जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।’

अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य रहेको बताए ।

उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयाघातका कारणले निधन भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : २५ बजे

पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका

म्याग्देमा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

तनहुँ – म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

बागलुङ – बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्ला – चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा

तीन वर्षमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

काठमाडौं – पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार