सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित « Khabarhub

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबा लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ’, उनले भने, ‘करिब पाँच सय घरघुरीमा खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य रहेको छ ।’

शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित सोती खोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो । ‘मूलबाट तीन ठाउँमा लिफ्टिङ ट्यांकी निर्माण गरी उपभोक्तालाई आयोजनाले खानेपानी वितरण गर्दै आएको छ’, उनले भने, ‘मूलबाट डिप्लिङ खोरियामा एक लाख ५० हजार, रातोमाटेमा एकलाख र मुख्य वितरण गर्ने शिखरआहाल डाँडामा दुईलाख लिटरको ट्यांकी निर्माण गरी पानी वितरण गरिएको हो ।’

आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु दुई करोड ८४ लाख ७१ हजार पाँच सय ५५ खर्च भएको अध्यक्ष कुँवरले जानकारी दिए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ४२ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व