दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा « Khabarhub

दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमंगलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो ।

एक्काइस घरधुरीको रहेको कुइनेमंगलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए। उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले रघुगङ्गा गाउँपालिका–५ मूलपानीबाट मंगलेतर्फ केन्द्रीय विद्युत्को मुख्य लाइन विस्तार र ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स जडान गरेपछि गाउँ उज्यालो बनेको छ ।

आर्थिक वर्ष २०७७-७८ बाट केन्द्रीय विद्युतीकरण विस्तार गर्ने योजना अघि बढेको र यसै साता यस क्षेत्रका ८७ घरमा मिटरबक्स जडान सकेर बिजुली बत्ती बाल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाका प्राविधिक प्रमुख शिवराज पौडेलले जानकारी दिए। मुख्य लाइन र शाखा लाइनसँगै २५ केभिए र ५० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरेर यस क्षेत्रमा विद्युतीकरणको पहुँच विस्तार भएको उनले बताए।

सडकमार्ग हुँदै चिमखोला पुर्‍याइएको ट्रान्सफर्मरलाई मलाङमा गएको पहिरोले सडक अवरुद्ध भएपछि यहाँ निर्माणधीन जलविद्युत् आयोजनाको सुरुङमार्गबाट गौडामुनी पुर्‍याइएको थियो । गत वर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो । अहिलेसम्म जिल्लामा केन्द्रीय विद्युतीकरणको सुविधा लिएका ग्राहक सङ्ख्या कूल २२ हजार रहेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए।

म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न चालु आर्थिक वर्षका लागि २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको छ ।

बेनी वितरण शाखाले तयार गरेको लागत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय पोखराले चालु आवमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरेको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ५८ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना