ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ « Khabarhub

ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । ज्यान मार्ने धम्की दिएर पैसा असुलेको आरोपमा प्रहरीले काठमाडौँको काँडाघारीबाट ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले काँडाघारीमा घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई बोलाएर कुटपिट गरी धम्कीसमेत दिएर २० लाखको चेक र ८ लाख ५० हजारको कागज गर्न लगाएको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ४३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना