साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि « Khabarhub

साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाएका पराजुलीलाई उनका छोराले दागबत्ती दिएका थिए ।

पराजुलीले केही समय अघि मात्रै कथासङ्ग्रह ‘जन्तरमन्तर’ प्रकाशित गरेका थिए । स्व. पराजुलीका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’ लगायतका कृति प्रकाशित छन् ।

स्व पराजुलीले पत्रकारको रुपमा राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा काम गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : २८ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व