टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक « Khabarhub

टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक


२६ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा टिभिएसले विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा गेम चेन्जरको रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।

स्कुटर सार्वजनिक समारोहमा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् प्रमुख कार्यकारी केएन राधाकृष्णनले आफ्नो कम्पनीले सधैँ नयाँ प्रविधिहरु अपनाउन अघि रहँदै आएको बताए । उनले आफ्नो कम्पनी विगत १० वर्षदेखि विद्युतीय सवारी साधनको प्रविधिमा लगानी गर्दै आएको पनि जानकारी दिए । टिभिएस नेपालको अग्रणी कम्पनी रहेको उल्लेख गर्दै उनले जगदम्बा मोटर्सले टिभिएस आईक्युबका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा टिभिएस मोटर कम्पनीको विद्युतीय सवारीसम्बन्धी वरिष्ठ उपाध्यक्ष मनु सक्सेनाले नेपालमा आईक्युब लन्च गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताउँदै भारतीय ग्राहकले रुचाएको यस स्कुटरलाई नेपालका सबै भूभाग र मौसमी अवस्थामा परीक्षण गरिएको बताए ।

त्यसैगरी, कार्यक्रममा जगदम्बा ग्रुपका अध्यक्ष शाहिल चौधरीले टिभिएसको नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा लन्च गर्न आउँदा आफूहरु धेरै खुशी भएको प्रतिक्रिया दिए । उनले नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेको उल्लेख गर्दै टिभिएसले पनि नेपाली ग्राहकलाई विद्युतीय सवारी खरिदको विकल्प दिएको बताए । ४.४० किलोवाटको अधिकतम् पावर र एक सय ४० एनएमम्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्नेछ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको