लिबियामा तटबन्ध भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता « Khabarhub

लिबियामा तटबन्ध भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काहिरा– लिबियामा आएको बाढीले तटबन्ध भत्किँदा धेरै सहरमा क्षति पुर्‍याएको छ । हालसम्म देशभर ५ हजार दुई सय भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ ।

बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् ।

भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए।

डेर्ना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए ।

 

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिसको मृत्यु भएको अधिकारीहरूले अनुमान गरेका छन्। रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १० हजार मानिस बेपत्ता भएको बताए।

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन्।

लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन्। बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कुल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए। हजारौँ परिवार विस्थापित भएका छन् ।

डेर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी–डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका हुन् ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ०५ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा