तीन लाख रुपैयाँसहित एक भारतीय पक्राउ « Khabarhub

तीन लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट तीन लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बहराइच  जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई  सीमा सुरक्षा गुल्म(बीओपी) जमुनाहले नियन्त्रणमा लिएको हो ।

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला भन्सार कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ३६ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका