एनआरएनए लण्डनद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त « Khabarhub

एनआरएनए लण्डनद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लण्डन– तत्कालीन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) लण्डनले दुःख व्यक्त गरेको छ ।

संघका प्रवक्ताद्वय सोम सापकोटा र शिव बरुवालले एक विज्ञप्ति जारी गर्दै उनको निधनले विदेशमा बस्ने नेपालीहरू अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएका छन् ।

संघले विज्ञप्तिमा विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसँग सदैव सद्भाव राख्ने, निकै शालीन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीहरूलाई अपूरणीय क्षति पुर्‍याएकाे उल्लेख छ ।

संघले गैरआवासीय नेपाली नागरिकताको माग लगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरण रहने उल्लेख गर्दै भौतिक रूपमा गैरआवासीय नेपाली माझ नरहे पनि उनको असल कर्म र योगदानलाई संघले सदा सम्झिरहने जनाएको छ ।

संघले उनको आत्माको चीर शान्तिको कामनासहित दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ५० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी