कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट « Khabarhub

कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । 

बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकीरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताएका छन् । ‘समस्या आएपछि हामीले ११ वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेका छौँ’, लामिछानेले भने, ‘तत्काल उपचारका लागि विषादी र औषधी माग गरिसकेका छौँ ।’ उनका अनुसार कोदो बालीमा खुम्रे कीरा, गवारो र ढुसीजन्य रोग देखिएको हो । 

त्यस्तै धान बालीमा पनि यो समस्या देखिएको हो । वडा नं ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं ६, ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्लार्ट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो । 

नगरपालिकाले किसानका लागि किङ स्टार नामक विषादी एक सय ७० पोका, हेक्जाक्लोनोजोल नामक विषादी ४८ पोका, लेभिष्टिन चार पोका र ट्राइसाइक्जोल ९९ पोका वितरण गरेको सापकोटाले बताएका छन् । त्यस्तै स्टिकर नामक विषादी झोल एक सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड एक सय सय ६३ किलो ल्याएर किसानलाई पठाइसकिएको बताए । 

कोदो बालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए। ‘हरेक दिन किसानको फोन आएको छ, त्यसैले हामीले खेतमा पुगेर समस्या बुझेका छौँ’, उनले भने, ‘समयमा उपचार गर्न नसकेमा आगामी वर्ष उत्पादनमा समेत समस्या पर्ने देखिन्छ ।’ 

उनले नगर प्रमुख र प्रमुख, प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषिमन्त्रीसम्म यो समस्या पुगेको बताए। मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकाले औषधी आउने क्रम रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। 

‘धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन आग्रह गरेको छु’, श्रेष्ठले भने, ‘प्राविधिक रुपमा आवश्यकताका आधारमा माग गर्न भनेकाले कृषि शाखालाई सोहीअनुसारको औषधि माग गर्न लगाएको छु ।’ केही स्थानमा आफैँ पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए । 

यस वर्ष बर्सातमा आएको उतारचढाव तथा समयमा रोप्ने काम गर्न नपाउँदा पनि धान बालीमा समस्या आएको प्राविधिकले बताएका छन् । ‘समय समयमा रोगकीरा त लाग्छ, तर समयमा रोप्ने र पर्याप्त सिँचाइ भएन भने धानमा समस्या आउँछ’, सापकोटाले भने , ‘तर पनि किसानलाई निरास हुन नदिन सबै प्रयास भएका छन् ।’ समयमा उपचार गरेमा बाली जोगाउन सकिने उनले बताएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : २९ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका