न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत « Khabarhub

न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ। 

संयुक्त राष्ट्रसंघ (यूएन)को ७८औं साधारण सभालाई सम्बोधन गर्न अमेरिका पुगेका साउदलाई स्थानीय समय अनुसार मंगलबार राति ११:३० मा एयरपोर्ट पुगेर स्वागत गरिएको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा जनसम्पर्क समितिका अध्यक्ष  आनन्द बिष्ट बताए।

मन्त्री साउदलाई स्वागत गर्न संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, नेपाल कान्सुलेटका प्रतिनिधि, जनसम्पर्कका पदाधिकारी एवम् नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको बताइएको छ।

महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणका बारेमा  राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुसँग छलफल गरिसकेका छन्। 

 न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  २ : २८ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव