नेता नेम्वाङलाई अनलाइनबाट पनि श्रद्धाञ्जली दिन सकिने « Khabarhub

नेता नेम्वाङलाई अनलाइनबाट पनि श्रद्धाञ्जली दिन सकिने


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।

पार्टीको वेबसाइट ‘सिपिएनयुएमल डट ओआरजी’मा शब्द श्रद्धाञ्जलि लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । यो व्यवस्थाले स्व नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

पार्टीको मङ्गलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम क्षेत्र नं–२ को क्षेत्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । हृदयघातका कारण यही भदौ २६ गते निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका लागि पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ०७ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा