देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष लिङ्देन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताएका छन् ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरूलाई आग्रह समेत गरे ।

उनले ०६२-६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौताको भरिया बनेर आएको भन्दै यही गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राखे । देश र जनताप्रति माया सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङद्नले सुध्रने संकेत नदेखिए राप्रपाले नयाँ सङ्घर्षको नेतृत्व गर्ने चेतावनी दिए ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए । जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरूले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेको उनले बताए । उनले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै विकल्प नहुने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन दलहरू नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।

उनले धार्मिक द्वन्द्व निम्त्याउनुको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गरे । गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरूबाट देशमा समृद्धि सम्भव नरहेको उनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ४५ बजे

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्रेकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले