कांग्रेस नयाँ ढङगले अघि बढ्छ : महामन्त्री शर्मा « Khabarhub

कांग्रेस नयाँ ढङगले अघि बढ्छ : महामन्त्री शर्मा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् ।

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवादः अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए ।

“कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । कांग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ”, उनले भने ।

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।

उनले भने, “अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन् ।”

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमा झन्डै आठ सय नेता तथा कांग्रेसका शुभेच्छुकको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : १८ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक