ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरीचौकी भागलपुरतर्फ फर्कंदै गर्दा चौदण्डी गढी–९ को ज्यामिरेमा पुग्दा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा जिल्ला अस्पताल ल्याएर उपचार कार्य सुरु गर्नुअघिनै बस्नेतलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : ०६ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर