ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरीचौकी भागलपुरतर्फ फर्कंदै गर्दा चौदण्डी गढी–९ को ज्यामिरेमा पुग्दा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा जिल्ला अस्पताल ल्याएर उपचार कार्य सुरु गर्नुअघिनै बस्नेतलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : ०६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको