झापाको हल्दिबारीमा निःशुल्क खानेपानी वितरण « Khabarhub

झापाको हल्दिबारीमा निःशुल्क खानेपानी वितरण


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो ।

शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । ‘१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ’, उनले भने ।

यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा एक सय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ ।

गाउँपालिकाले विपन्न स्थानीयवासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले सात सय ५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए ।

हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको प्रविधिक अधिकारीले बताए ।

हाल गोलधाप खानेपानी आयोजनाअन्तर्गत ७५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् । जलथल खानेपानी आयोजनाअन्तर्गत एक हजार ६ सय उपभोक्ता लाभान्वित भएका छन् ।

खानेपानी निःशुल्क वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीको तलब र विद्युत् महसुल गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।

गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार कर्मचारीको तलब मासिक १५ हजारका दरले तथा विद्युत् महसुल सरदर मासिक ५५ हजार र गोलधाप खानेपानी आयोजनाको तीन कर्मचारीको मासिक १५ हजारका दरले उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीको तलब र विद्युत् महसुल तिरिदिएबापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : २१ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र