पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नति हुँदै « Khabarhub

पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नति हुँदै


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।

दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताएका छन् ।

सोही सडकका लागि रु २८ करोड बजेट आएको छ । सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । “माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ”, उनले भने, “त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।” उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ ।

साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए। उनले समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको