महाकालीमा हाम फालेर एक जना बेपत्ता  « Khabarhub

महाकालीमा हाम फालेर एक जना बेपत्ता 


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नदीमा हाम फालेर दार्चुलाका एक जना बेपत्ता भएका छन् । 

जिल्लाको महाकाली नगरपालिका–१ लास्कु बस्ने अन्दाजी ४५ वर्षीय ज्ञानु भुलले बिहीबार बिहान नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

दार्चुलाको खलंगाबाट भारतीय बजार धार्चुला जान लागेका भुललाई एसएसबीले परिचय पत्र मागेको र परिचयपत्र नभएपछि उनलाई नेपाल तर्फ फर्काइएको थियो । नेपालतर्फ फर्काएपछि भुलले महाकालीमा हाम फालेको श्रोतले जनाएको छ । 

एसएसबीले फर्काएको विषयमा भने यकिन नभएको र सीमा नाकामा पहिचान खुल्ने कागज माग्ने प्रचलन भने रही आएको प्रहरी निरीक्षक सिंहले बताए । बेपत्ता भुलको खोजी कार्य जारी छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको