पक्की घर पाएपछि विपतपुरका मुक्तकमैया दङ्ग  « Khabarhub

पक्की घर पाएपछि विपतपुरका मुक्तकमैया दङ्ग 


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । 

यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् ।

विस् २०७९ को वैशाख ११ गते भएको आगलागीबाट विपतपुरका २७ घर जलेर नष्ट भएका थिए । नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसो बस्तीमा सल्केको थियो । सुदूरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालले साझेदारीमा घर निर्माण गरी मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भूमि स्रोत नक्शांकन महाशाखाका नापी अधिकृत  धर्मराज ओझाले जानकारी दिए।

प्रदेश सरकारको रु ९० लाख, हेबिटेट नेपालको रु ५४ लाख र समुदायको रु ३८ लाख ७८ हजारको श्रमदान गरी रु एक करोड ८२ लाख ७८ हजारको लागतमा ती घर निर्माण गरिएको उनले बताए। पक्की भवनमा सीएसइबी इन्टरलकिङ् ब्लक प्रयोग गरिएको छ । भवनसंहिता अनुसार घर  निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताइन् ।

अधिकृत ओझाका अनुसार हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदूरपश्चिममा ८४ घर निर्माण भइसकेका छन् । कैलालीको भजनी नगरपालिकामा राजी समुदायका २५, विपदपुरमा मुक्तकमैयाका २७, कञ्चनपुरको बेदकोट नगरपालिकाकामा भूमिहीन, दलित, मुक्तकमैयाका २५ र डोटीमा मुक्तहलियाका सात घर निर्माण भएका छन् । 

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले प्रदेशमा रहेका भूमिहीन, सुकुम्बासी, मुक्तकमैया, हरुवाचरुवाको  जग्गा र बसोवासको व्यवस्थापन गर्न प्रदेश सरकार लागिपर्ने बताए।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ५ : ३३ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे