'संविधान बनाउन स्व. नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका इतिहासले स्मरण गर्ने’ | Khabarhub Khabarhub

‘संविधान बनाउन स्व. नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका इतिहासले स्मरण गर्ने’


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उनले लगाएको गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ ।

नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।” नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ ।

फाउन्डेसन संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना भएको संस्था हो । फाउन्डेसनले विपी कोइरालाले मेलमिलापको नीति लिई २०३३ साल पुस १६ भारत प्रवासबाट फर्केपछि जनमत सङ्ग्रह घोषणा नभएसम्मका विषय समेटेर ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको संस्थाका सदस्यसचिव कोइरालाले बताए । उनका अनुसार संस्थाले अन्य राजनीतिक इतिहासका विषयमा पनि खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ५५ बजे

सिरियाली अन्तरिम राष्ट्रपति  मंगलबार टर्कीए जाने

एजेन्सी –सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल

कर्णाली प्रदेशसभा- कानुन निर्माणभन्दा सत्ताको गोलचक्करमा खेर फाल्यो सात वर्ष

सुर्खेत– देश संघीयतामा गएयता कर्णालीमा प्रदेशसभामार्फत् सरकारले दुईवटा शासन अवधि

शिक्षकलाई देशभर खटाउन आवश्यक : मन्त्री भट्टराई

त्रिशूली – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन)युद्धको

इजरायलसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी