‘संविधान बनाउन स्व. नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका इतिहासले स्मरण गर्ने’ « Khabarhub

‘संविधान बनाउन स्व. नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका इतिहासले स्मरण गर्ने’


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उनले लगाएको गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ ।

नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।” नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ ।

फाउन्डेसन संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना भएको संस्था हो । फाउन्डेसनले विपी कोइरालाले मेलमिलापको नीति लिई २०३३ साल पुस १६ भारत प्रवासबाट फर्केपछि जनमत सङ्ग्रह घोषणा नभएसम्मका विषय समेटेर ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको संस्थाका सदस्यसचिव कोइरालाले बताए । उनका अनुसार संस्थाले अन्य राजनीतिक इतिहासका विषयमा पनि खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ५५ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत