घुस रकमसहित सहायक वन अधिकृत पक्राउ | Khabarhub Khabarhub

घुस रकमसहित सहायक वन अधिकृत पक्राउ


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

डोटी– नगद पाँच हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएको छ।

जोरायल गाउँपालिका-२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन्। स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन्।

आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाई प्रमाणसहित पक्राउ गरिएको स्थानीय बताउँछन्। इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए। 

उनले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृतमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीमार्फत जानकारी लिन सक्ने बताए। सुरुमा सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : १० बजे

इजरायलको निर्णयले गाजाबासी, सेना र बन्दीका आफन्त आतंकित

गाजाबासीले त्रासदीय र नारकीय जीवन भोगेको २२ महिना भइसकेको छ।

पशुपतिनाथमा जनैपूर्णिमाको चहलपहल (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल आजदेखि

ताप्लेजुङ– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु

‘गलवान’पछि सलमानको डबल धमाका: पिरियड थ्रिलर र ‘बजरंगी भाईजान’ को सिक्वेल चर्चामा

मुम्बई – बलिउड अभिनेता सलमान खान अहिले आफ्नो आगामी फिल्म