प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क प्रस्थान गर्ने « Khabarhub

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क प्रस्थान गर्ने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १० : ४७ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले