कालीगण्डकी करिडोर : रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक « Khabarhub

कालीगण्डकी करिडोर : रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले  जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो । 

नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताएका छन्।

“करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ”, उनले  भने। सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन  गरिने उनले बताए । 

निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् ।

 यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ५२ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न