काठमाडौं र ललितपुरका केही ठाउँमा तीन दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने « Khabarhub

काठमाडौं र ललितपुरका केही ठाउँमा तीन दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र ललितपुरका केही ठाउँमा शुक्रबारदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। 

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

 प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ३२ बजे

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले