दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण « Khabarhub

दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दोलखा– देशभर पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दर घट्दै गएको छ । गत असार र साउनमा तीव्र रूपमा फैलिएको संक्रमण दर भदौ १५ पछि घट्दै गएको पाइएको हो ।

यस अघि जिल्लामा तीन महिनाको अवधि जेठ, असार, साउन र भदौ १५ सम्म लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया मरेका छन् । कुल संक्रमित ३७ हजार एक सय ७५ पशुमध्ये नौ सय ४० वटा पशु मरेको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुपाल्चोक–दोलखा कार्यक्षत्र चरिकोटका कार्यालय प्रमुख डा. ज्ञानबहादुर जिरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा गत शुक्रबारसम्मको तथ्यांकअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय ८१ रहेको छ ।

त्यस्तै, २६ हजार आठ सय ५९ पशु सङ्क्रमणमुक्त भएका छन् । उक्त तथ्याङ्कअनुसार जिरी नगरपालिकामा एक हजार आठ सय ७०, शैलुङ गाउँपालिकामा पाँच सय ८३, बैतेश्वर गाउँपालिकामा एक हजार छ सय ३९, गौरीशंकर गाउँपालिकामा १९ हजार नौ सय ५०, कालिञ्चोक गाउँपालिकामा दुई हजार नौ सय ५२, विगु गाउँपालिकामा चार हजार ६७, भीमेश्वर नगरपालिकामा दुई हजार चार सय १५, मेलुङ गाउँपालिकामा एक हजार सात सय १५ र तामाकोशी गाउँपालिकामा एक हजार नौ सय ८४ वटा गरी हालसम्म जिल्लामा कुल सङ्क्राितको सङ्ख्या ३७ हजार एक सय ७५ पुगेको हो ।

सबैभन्दा बढी गौरीशंकर गाउँपालिका र सबैभन्दा कम शैलुङ गाउँपालिका लम्पी स्किन रोगको संक्रमण देखिएको छ । यो रोगका काराण सबैभन्दा बढी गाई त्यसपछि गोरु, भैंसी र बाच्छाबाच्छी वा पाडापाडी प्रभावित भएका छन् ।

त्यस्तै रोग संक्रमणका कारण हालसम्म जिरी नगरपालिकामा ४९ वटा पशुचौपाया मरेका छन् । शैलुङ गाउँपालिकामा ५६, बैतेश्वर गाउँपालिकामा ९६, गौरीशंकर गाउँपालिकामा ७८, कालिञ्चोक गाउँपालिकामा एक सय १०, विगु गाउँपालिकामा दुई सय २५, भीमेश्वर नगरपालिकामा ६८, मेलुङ गाउँपालिकामा एक सय ३२ र तामाकोशी गाउँपालिकामा एक सय ६ वटा चौपाया मरेका छन् ।

केन्द्रले हालसम्म सात हजार छ सय ७८ वटा पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाएको छ । केन्द्रका अनुसार जिल्लामा अझै खोपको अभाव रहेको छ । सुवास बस्नेत

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  १ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको