प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने « Khabarhub

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन् । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । प्रहरीलाई नागरिकमैत्री बनाउने कुरामा प्रदेश सरकार लागिरहेको भन्दै उनले यसका लागि नागरिक पनि प्रहरीमैत्री बन्न सक्नुपर्ने उनले बताए ।

नेपाल सरकारले २०८० भदौ मसान्तसम्म प्रहरी समायोजन गर्ने प्रतिबद्धता गरेको थियो, सो प्रतिबद्धताअनुसार प्रहरी समायोजन नहुने भएपछि नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुनुपरेको धारणा पनि मन्त्री श्रेष्ठले व्यक्त गरे ।

प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्ने जोड दिइन् । उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेकाले यसका लागि पहल भइरहेको बताइन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर जमिनमा बनेको प्रहरी चौकीमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहितको तीन तल्ले भवन निर्माण गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा–१३ का वडाध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो । कार्यक्रममा चौकी निर्माणमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : ११ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा