राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान « Khabarhub

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत डा अर्चना अमात्य, डा गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधान सो सम्मान अर्पण गरिएको हो ।

यसैगरी राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए ।

उनले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की र सम्मान छनोट समितिका संयोजक एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव किरण रेग्मीले पनि सङ्घले गर्दै आएका कार्यबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : १४ बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा