बाँके र बर्दियामा लगाइएका धान खेतीमा विभिन्न रोगको सङ्क्रमण | Khabarhub Khabarhub

बाँके र बर्दियामा लगाइएका धान खेतीमा विभिन्न रोगको सङ्क्रमण


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिकामा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए ।

उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गरे । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताए ।

बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उनले बैजानाथ सबैभन्दा बढी प्रभावित भएको बताए । “यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन”, उनले भने, “डुडुवा गाउँपालिकामा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।”

यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगर आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो । जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिए । उनका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताए । उनले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताए । “धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ”, पौडेलले भने । उनका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : १० बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन