विकासका लागि समाजवादी व्यवस्था आवश्यक छ : झलनाथ खनाल « Khabarhub

विकासका लागि समाजवादी व्यवस्था आवश्यक छ : झलनाथ खनाल


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिए ।

उनले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए ।

नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूर्ण हुने उनको भनाइ थियो ।

सो अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इञ्चार्ज डा विजय पौडेल, समाजवादी सहकारी सङ्गठनका अध्यक्ष नवराज अर्याल, सहकारी इन्चार्ज गोविन्द कोइराला, पार्टीका पोलिटब्यूरो सदस्य तथा कृषक महासङ्घका अध्यक्ष बलराम बाँस्कोटालगायतका नेताहरूले शुभकामना मन्तव्य राखे ।।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : २२ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने