पाशुपत क्षेत्रमा मासु र मदिरा प्रयोग गर्न निषेध « Khabarhub

पाशुपत क्षेत्रमा मासु र मदिरा प्रयोग गर्न निषेध


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ । पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त वस्तुको बिक्री वितरणमा रोक लगाएको हो ।

प्रशासन कार्यालयले पूर्वमा गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ उत्पादन, बिक्री वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कसैले अटेर गरी निषेधित क्षेत्रमा निषेध गरिएका वस्तुको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ४६ बजे

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा