६१ केजी सुन तस्करी प्रकरणमा आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै « Khabarhub

६१ केजी सुन तस्करी प्रकरणमा आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिव ६१ केजी सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्न लागेको हो ।

सीआईबीले सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । जसमध्ये १८ जना फरार सूचीमा रहेका छन् ।

सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ केजी सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ ।

तस्करविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ११ : ४७ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को