सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित | Khabarhub Khabarhub

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सरकार र सुरक्षा माग गर्दै आन्दोलित चिकित्सक संघ बीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

आईतबार काठमाडौँमा भएको वार्तामा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा होमिएका थिए।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ३२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको