कुलदीप यादव बने एसिया कपको सर्वोत्कृष्ट खेलाडी « Khabarhub

कुलदीप यादव बने एसिया कपको सर्वोत्कृष्ट खेलाडी


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – भारतका स्पिनर कुलदीप यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फाइनलमा १ विकेट पनि लिन नसकेका यादवले प्रतियोगितमा ५ खेलमा ९ विकेट लिएका थिए ।

भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठौँ पटक उपाधि जित्दा कुलदीपको भूमिका महत्त्वपूर्ण रह्यो । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए ।

कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगको खेलमा २५ रन दिँदै ५ विकेट लिए ।

यस्तै एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकलाई भारतले १० विकेटले पराजित गर्‍यो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अल आउट भएको थियो ।

श्रीलंका १५ ओभर २ बलमा केबल ५० रनमा समेटियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ४३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको