दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते | Khabarhub Khabarhub

दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्।

नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर–१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर–१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

अटो चालक तुलसीपुर–६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

अटोमा सवार तुलसीपुर–१६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन्। अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : १८ बजे

एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ