सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य यथावत « Khabarhub

सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य यथावत


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहुलियत दिने भएपछि इन्टनेरट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य नबढाउने भएका छन् । तारबाट चल्ने इन्टरनेटमा विभिन्न सहुलियत दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो ।

मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्चमा सहयोग गर्ने भएपछि इन्टरनेटको मूल्य नबढ्ने भएको इन्टरनेट व्यवसायीले जनाएका छन् । यस अघि उनीहरूले साउन १ देखि मूल्य बढाउने घोषणा गरेका थिए ।

सरकारले लगाएको थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्यहोर्ने गरी नियमावली संसोधन भएकाले अब इन्टरनेटको शुल्क वृद्धि नहुने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपिएन) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘गत वर्षदेखि अड्किएको नियमावली संसोधन भएको छ, अब इन्टरनेटको मूल्य बढ्दैन,’ अध्यक्ष भट्टले भने ।

गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारले नियम ल्याएपछि १३ प्रतिशत कर उपभोक्ताको बिलमा थप्ने तयारी सेवा प्रदायकले गरेका थिए ।

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो ।

इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँच सय रुपैयाँ बढी लिने गरेका छन् । त्यस्तै शुरूमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखी दूरसञ्चार सेवा शुल्क लाग्ने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ५२ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि