तिज धर्म, संस्कृति संरक्षणको बलियो पक्ष : मुख्यमन्त्री चौधरी « Khabarhub

तिज धर्म, संस्कृति संरक्षणको बलियो पक्ष : मुख्यमन्त्री चौधरी


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन् ।

नेपाली हिन्दु महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका छन् । उनले तिज पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको पनि अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री चौधरीले यस पर्वले नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायम होस भन्दै यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : १२ बजे

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको