तिज धर्म, संस्कृति संरक्षणको बलियो पक्ष : मुख्यमन्त्री चौधरी | Khabarhub Khabarhub

तिज धर्म, संस्कृति संरक्षणको बलियो पक्ष : मुख्यमन्त्री चौधरी


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन् ।

नेपाली हिन्दु महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका छन् । उनले तिज पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको पनि अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री चौधरीले यस पर्वले नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायम होस भन्दै यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : १२ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार