राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु | Khabarhub Khabarhub

राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो । 

पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ । 

नेपाल सरकार मातहतको सो पुस्तकालयले विसं २०६५ सालदेखि उक्त नम्बरको उपलब्ध गराउने सेवा दिन थालेको हो । उक्त नम्बर उपलब्ध गराउन यो आधिकारिक निकाय मानिन्छ । विगतमा ललितपुरको हरिहर भवन, पुल्चोकमा सञ्चालित सो पुस्तकालय २०७२ सालको भूकम्पयता भक्तपुरको सानोठिमीबाट सञ्चालित छ ।

 सोह्रौं पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित पुस्तक तथा पत्रपत्रिकाको संरक्षण सम्बन्धी कार्यशालाका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो पुस्तकालयको अनलाइन आइएसएसएन सेवाको शुभारम्भ गर्दै भावी दिनमा यो सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा व्यक्त गरे । पुस्तकालय प्रमुख दशरथ मिश्रले सो सेवालाई थप प्रभावकारी बनाइने जनाए।

सो अवसरमा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले समग्र पुस्तकालय प्रणालीको सुसञ्चालनको लागि आवश्यक पर्ने एकीकृत कानुन तर्जुमा गर्न सहयोग गरिने बताए । केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले केशर पुस्तकालयको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए  । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २१ बजे

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय