राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु « Khabarhub

राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो । 

पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ । 

नेपाल सरकार मातहतको सो पुस्तकालयले विसं २०६५ सालदेखि उक्त नम्बरको उपलब्ध गराउने सेवा दिन थालेको हो । उक्त नम्बर उपलब्ध गराउन यो आधिकारिक निकाय मानिन्छ । विगतमा ललितपुरको हरिहर भवन, पुल्चोकमा सञ्चालित सो पुस्तकालय २०७२ सालको भूकम्पयता भक्तपुरको सानोठिमीबाट सञ्चालित छ ।

 सोह्रौं पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित पुस्तक तथा पत्रपत्रिकाको संरक्षण सम्बन्धी कार्यशालाका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो पुस्तकालयको अनलाइन आइएसएसएन सेवाको शुभारम्भ गर्दै भावी दिनमा यो सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा व्यक्त गरे । पुस्तकालय प्रमुख दशरथ मिश्रले सो सेवालाई थप प्रभावकारी बनाइने जनाए।

सो अवसरमा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले समग्र पुस्तकालय प्रणालीको सुसञ्चालनको लागि आवश्यक पर्ने एकीकृत कानुन तर्जुमा गर्न सहयोग गरिने बताए । केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले केशर पुस्तकालयको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए  । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ