पशुपतिनाथमा तीज : सेल्फी र टिकटकमा दर्शनार्थीको क्रेज « Khabarhub

पशुपतिनाथमा तीज : सेल्फी र टिकटकमा दर्शनार्थीको क्रेज


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएक दर्शनार्थीमा सेल्फी र टिकटकको क्रेज देखिएको छ । तीजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक खिच्ने लोभ देखिएको हो ।

सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताइन् ।

दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्यसैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ ।

निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् । पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २७ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा