धनकुटामा १२ दिने शल्यक्रिया शिविर सुरु | Khabarhub Khabarhub

धनकुटामा १२ दिने शल्यक्रिया शिविर सुरु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटामा आजदेखि १२ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु भएको छ । ‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो । 

शिविरको पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे ।

शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको शिविर प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । 

छैटौँ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पत्थरी, मुत्रनलीमा भएको पत्थरी, दन्त सेवा, आङ्ग खसेका महिलाको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाइराइडलगायत उपचार गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ५१ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र