सञ्चारमन्त्री शर्मा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता « Khabarhub

सञ्चारमन्त्री शर्मा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्री शर्मासँग नेपाल भ्रमणमा रहेको सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यान नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको हो । 

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा महत्त्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गरिन् ।

उनले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रका रूपमा विकास हुँदै गएको पनि बताइन्। राज्यस्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उनले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने मन्त्री शर्माले स्पष्ट गरिन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदानप्रदान अझ बढेर जाने विश्वास व्यक्त गरिन् ।

चीनले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उनले चिनियाँ कम्पनीले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको समेत बताइन्। 

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबीच सहायता आदानप्रदान बढाउनुपर्ने मन्त्री शर्माले बताइन् । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उनले बताइन् ।

नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरूले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्द्धनको काम गरिरहेको बताइन् । अहिले केही पुराना कानूनको संशोधन र नयाँ कानून निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सबलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताइन् ।

सीपीसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यानले नेपाल र चीनबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबीच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताए । उनले आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उनले नेपालमा पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण सम्भावना रहेको बताए ।

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउनसके विकासमा योगदान पुग्ने उनले बताए। प्रचार विकासको राम्रो माध्यम भएको औँल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरू इच्छुक रहेको बताए।

युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वव्यापीरूपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उनले बताए । भेटमा दुवैपक्षका अधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले