सागर खड्काको ‘राइपाली भञ्ज्याङ’ लोकार्पण « Khabarhub

सागर खड्काको ‘राइपाली भञ्ज्याङ’ लोकार्पण


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ। काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले पुस्तक लोकार्पण गरे।

साहित्यकार बुद्धिसागरले पुस्तक राइपाली भन्ज्याङ कथा एवम् उपकथाहरु जोडिएर बनेको विशेष उपन्यास बनेको बताए। ‘सागरको उमेर हेर्दा उनले प्रेमकथा लेखेका होलान् जस्तो लागेको थियो। तर यो पुस्तकमा उनले गहन विषयवस्तुलाई उजागर गरेका छन्।’ सरल एवम् मीठो भाषाशैलीमा लेखिएको यो पुस्तक लेखकको पहिलो भए पनि सशक्त रुपमा आएको उनको भनाइ छ। 

यस्तै लेखक तथा अधिवक्ता दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको रहेको टिप्पणी गरिन्। ‘यो उपन्यासको सबैभन्दा सशक्त पक्ष भाषा हो, यो उपन्यास एकदमै सरल लाग्यो,’ उनले भनिन्, ‘यसमा मौलिक भाषाका साथै उत्कृष्ट बिम्ब प्रयोग गरिएका छन्। लेखन पनि दृश्यात्मक छ।’

सागर खड्काको भाषा जादुयी रहेको र यही जादुको सम्मोहनमा परेर नै आफ्नो प्रकाशन गृहले खड्काको उपन्यास प्रकाशन गरेको फाइनप्रिन्टका अजित बरालले बताए। 

‘हामीले फाइनप्रिन्टको १८ वर्षे इतिहासमा पहिलो पटक कुनै नयाँ लेखकको पाण्डुलिपिका सुरुवाती केही अनुच्छेद र बीचबीचमा सरसर्ती केही पेज हेरेको भरमा साइन गरेको,’ उनले भने, ‘हामीलाई लाग्छ( सागर खड्काले आफ्नो लेखनलाई निरन्तरता दिए र अध्ययनलाई फराकिलो बनाउँदै लगे भने नेपाली साहित्यमा उनले बलियो उपस्थिति जनाउनेछन्। राइपाली भन्ज्याङ त्यसको सङ्केत मात्र हो।’  

कार्यक्रममा लेखक खड्काले राइपाली भञ्ज्याङ लेखन यात्रा स्मरण गरे। पुस्तक लेख्न चार वर्ष लागेको र यसबीचका उतारचढावबारे उनले आफ्ना सम्झना सुनाए। लेखन यात्रा सुरु गर्दादेखि अहिले पुस्तकका रुपमा आइसक्दा पुस्तकले आफूलाई नयाँ संसारमा लगेको उनको भनाइ छ।

कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले लेखक सागर खड्कालाई बधाई र शुभकामना दिए। राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो। समाज र सङ्घर्षको कथा हो। र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो। 

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे। तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे। सवारी गुड्ने सडक हुँदैनथे। तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे। घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथेँ। अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे।

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुर्‍याउनेछ। 

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : २८ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान