शेखर, सुजाता र शशांकको एउटै मञ्चबाट उद्घोष – ‘१५ औं महाधिवेशनमा एक हुन्छौँ’ « Khabarhub

शेखर, सुजाता र शशांकको एउटै मञ्चबाट उद्घोष – ‘१५ औं महाधिवेशनमा एक हुन्छौँ’


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित बिपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुःख पाइरहने दाबी गरे।

उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए।

उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ।’

नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा। शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए।

त्यस्तै नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाए। आफू १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको बताए।

‘बिपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। बिपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो। बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो। हात हातमा मोबाईल आयो, यो सब् गिरिजाप्रसाद कोइरालाको देन हो।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बिपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो। आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए।

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन। तर जितेँ। महिलाहरुलाई मैले प्राथमिकता दिन्छु। म्हिलाकै कारण जितेँ । म कसैलाई चिन्दिन थिएँ, पाँच वटा गाविसको नाम कण्ठ गरेर गएँ।’ उनले कांग्रेसका लागि आफूहरु एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए।

डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छरु भनेर बिपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरु दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाटद आफू दुखित भएको बताइन। उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरुसँग आह्वान गरिन्।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ४७ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८