शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द | Khabarhub Khabarhub

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ ।

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो ।

महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् ।

मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्। 

काठमाडौं महानगरपालिकासहित देशका कतिपय स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ९ : १५ बजे

कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा

काठमाडौं – तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको

दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा

काठमाडौं– जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र

हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित

काठमाडौं- नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’बाट परिचय फेर्दै कबड्डीका हिट ‘बिके’

काठमाडौं- बिहीबारदेखि हलमा लागेको चलचित्र पूर्ण बहादुरको सारङ्गीले दर्शक रुवाइरहेको

जापानमा भारी वर्षा, २ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

एजेन्सी – उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र