बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल निर्माण  | Khabarhub Khabarhub

बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल निर्माण 


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार गर्न थालेका हुन् । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका पाक्लिङ, कागबेनी, तिरी गाउँका स्थानीयले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए । यसले कागबेनी–तिरी गाउँ जोड्ने छ ।

कालीगण्डकी नदीमा पानीको वहाव घटेपछि स्थानीयले अस्थायी पुल निर्माण गरी वारपार गर्न थालेका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार बाढीले क्षति पुर्‍याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो । 

पुल तीन गाउँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको भन्दै आवश्यक बजेट पालिकाले व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताए। कागबेनी–तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण गर्न आवश्यक रहेको भन्दै उनले यसका लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने बताए । 

गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झोलुङ्गे पुल बगाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १२ : ३८ बजे

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल