सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित  « Khabarhub

सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित 


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा चन्द्र भण्डारीसहितका नेताहरू छन्। 

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०)बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्। विधानको धारा २१ को उपधारा (१०) मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ।

केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईँ (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बागलुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन्। 

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ३ : ३० बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार