चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकारेनन्, यसलाई गम्भीर रुपमा लिनुपर्छ : कांग्रेस नेता डा. पोखरेल « Khabarhub

चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकारेनन्, यसलाई गम्भीर रुपमा लिनुपर्छ : कांग्रेस नेता डा. पोखरेल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकार नगरेको भन्दै पार्टी र सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पोखरेलले भारतले मिचेको भूमि समेटेर जारी भएको चुच्चे नक्सालाई दुबै छिमेकीले अस्वीकार गरेको अवस्थामा यसलाई सरकार र पार्टीले गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।

यसबाट कूटनीतिक रणनीतिमा असफलता देखिएको भन्दै उनले आफ्नै कमजोरीका कारण बाह्यक्षेत्रले गम्भीर रुपमा लिन छाडेको उल्लेख गरे ।

उनले भने, ‘चुच्चे नक्सालाई न त दक्षिणले, न त उत्तरले स्वीकार गरेको देखियो, कूटनीतिक रणनीतिमा हामी असफल भयौँ ? बाह्य क्षेत्रले किन गम्भीर रुपमा लिन छाड्यो ? यसलाई पार्टी र सरकारले गम्भीर रुपमा लिनु पर्ने देखियो ।’

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ०१ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर