मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो ।

आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ ।

मलेसिया जान ३ लाख रुपैयाँ लाग्ने र मलेसिया पुगेपछि प्याकिङमा काम गरेर मासिक ६० हजार रुपैयाँभन्दा धेरै तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरिएको पीडितको गुनासो छ ।

आरोपी धनबहादुरले रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई सेतोपुललबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ३७ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय