कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका ४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका २१ कृष्ती घर भई हाल सोही महानगरपालिका १५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : १२ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका