काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन « Khabarhub

काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए । 

उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ’, प्रमुख राईले भने । उनका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन् । कामपाका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताए ।

कामपाले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै संकलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिए । ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो’, उनले भने, ‘कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ ।’

कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताए । उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ।

राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उनले बताए। ‘श्रम बैंकमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ’, प्रमुख राईले भने, ‘यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।’ 

उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : ०२ बजे

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका

दलका वाचापत्रमा कस्तो प्रतिबद्धता चाहन्छन् लगानीकर्ता ?

नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर