अमेरिकामा बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु | Khabarhub Khabarhub

अमेरिकामा बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । 

अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् भने फुटबलमा तीन टोली मैदानमा छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलको उद्घाटन फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए । उत्तर अमेरिकामा रहेका नेपाली जातिका सबै खेलप्रेमीलाई हौसला बढाउने, नेपाली समाजलाई खेलका माध्यमबाट अनुशासित बनाउने र अमेरिकावासी नेपाली युवायुवतीको मनोबल बढाई भविष्यमा जुनसुकै प्रतिस्पर्धा पनि अगाडि बढ्नसक्ने बनाउने उद्देश्यले फाउण्डेसनले यी खेलहरु आयोजना गरेको उनले बताए । 

विश्वभरका नेपाली प्रतिभालाई समावेश गराई मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स नामका दुई वटा रियालिटी शोहरु गत महिना नेपालमा समापन गरेको फाउण्डेसनले अमेरिकावासी नेपाली खेलप्रेमीका लागि यो बृहत् खेलकुदको आयोजना गरेको हो । आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार प्रशिक्षक र टोली म्यानेजरसहित लगभग एक हजार खेलाडी सामेल छन् । 

उनले दुवै खेलमा अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, मासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यमा टोली सहभागी भएको बताए । 

प्रतिस्पर्धामा भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिस्पर्धामा छन् भने युवातर्फ साङ्ग्रिला युथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाइएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यू स्पोर्टिङ एफसी, चुके एफसी, युनिक ब्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसीखुदुनावारी एफसी छन् । 

त्यसैगरी भलिबलतर्फ बफेलो न्यूयोर्क टिम, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी टिम, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ ब्लड टिम, बागलुङ समाज टिम, एनआरएनए क्यालिफोर्निया टिम, एक र टिम दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआइसीए युथ, रुकुम ए, बेलमन्ट टिम, इयुसिएनसी टिम, मामा भान्जा ह्वाइट टिम, सिन्धु टिम न्यूयोर्क, सार्लेट सिक्स टिम, इन्ट्रा ब्लू टिम, साजनी टेक्सास टिम, मामा भान्जा ब्ल्यूएएनकेए केन्टकी टिम सहभागी छन् ।

फाउण्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ । अर्थात्  भलिबलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ । भेट्रान तर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

योसँगै युवातर्फको विजेता टिमलाई एक सय १५ ग्राम सुनको ट्रफीको व्यवस्था गरेको छ । तर यो सुनको ट्रफीलाई आफ्नो बनाउनका लागि भने एउटै क्लबले तीन वर्ष लगातार जित्नुपर्ने हुन्छ । खेल तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : ०७ बजे

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

काठमाडौं– सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले